काठमाडौं भदौ, १९–
बिमस्टेक लगायत समसामयिक विषयबारे जानकारी दिन प्रधानमन्त्री केपी ओलीले आजको संसद बैठकमा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्रीले मंगलबार दिउसो १ बजे बस्ने बैठकमा सम्बोधन गर्नेबताईएको छ । विशेषगरी प्रधानमनत्रीको सम्बोधन हालै सम्पन्न बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकमा भएको सहमति र कार्यान्वयनका आधारबारे सदनलाई जानकारी गराउनका लागि हुन लागेको हो ।
गत शुक्रवार काठमाडौमा सम्पन्न बिमस्टेक सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो । प्रधानमन्त्रीले सोमबार मन्त्रालयमा विमस्टेकले पारित गरेको घोषणापत्र प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।