बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक जना घाइते

मंगलबार, भाद्र १९ २०७५

धनुषा भदौ, १९–
अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक जना गम्भीर घाइते भएका छन् ।  लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन् ।

   जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पेटमा गोली लागेका शर्मालाई जनकपुर अञ्चल अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको  छ । 

जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका– ७ मा उनलाई गोली प्रहार भएको थियो ।

ज ५ प ७९८८ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेको बताईएको छ ।