बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कस्तो अचम्म ! एकैदिन एउटै व्यक्तिको नियुक्ति, बढुवा र अवकाश पनि

मंगलबार, भाद्र १९ २०७५

१९ भदौ, काठमाडौं–त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २९ कात्तिक ०७३ मा इन्जिनियरिङ संस्थानअन्तर्गतको अर्वन सोसियोलोजीको प्राध्यापकका लागि गरेको विज्ञापनमा पुल्चोक क्याम्पसकी सहप्राध्यापक मथुरा कार्कीको मात्र दरखास्त पर्‍यो ।

उनी आयोगका पूर्वअध्यक्ष तथा प्रजातान्त्रिक प्राध्यापक संघका पूर्वअध्यक्ष स्व. सौभाग्यजंग कार्कीकी पत्नी हुन् । नियमित प्रक्रिया पुर्‍याउँदा बढुवा हुनुअघि मथुराको सेवा अवधि सकिँदै थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

११ पुसमा उनको सेवा अवधि सकिँदैथ्यो, आयोगले १० पुससम्म फाराम भर्ने म्याद राख्यो । त्यही दिन सूचना निकालेर ११ पुसमा अन्तर्वार्ता गर्‍यो । र, हतारहतार मथुराको नाम सिफारिस गरेर १२ पुसमा कर्मचारी प्रशासन महाशाखामा पत्रचार गर्‍यो । १२ पुसमै नियुक्ति पाएकी उनलाई त्यही दिन प्राध्यापकमा बढुवा गर्‍यो ।

र, त्यही दिन उमेर हदका कारण अवकाश पाइन् । कार्कीलाई प्राध्यापकमा बढुवा गर्ने आयोगको निर्णयमा कर्मचारीले आपत्ति जनाए । पुनरावेदन आयोगले पनि कार्कीलाई बढुवा गर्ने निर्णय सदर गर्‍यो ।

यति छिटो, यति हतारमा र यति तदारुकताका साथ यसअघि आयोगले कहिल्यै नतिजा निकालेको थिएन । कार्की राजनीतिक सम्बन्धलाई प्रयोग गरेर प्राध्यापक भई रिटायर्ड हुन सफल भइन् ।