बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रेड कर्नर नोटिस जारी गरिएका चेतनाथ भण्डारीको बाजेको सेकुवाको शिलबन्दी तोडियो

सोमबार, भाद्र १८ २०७५

काठमाडौं भदौ, १८–
 चर्चित ब्राण्ड बनेको  बाजेको सेकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ । बजेको सेकुवका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा छानविन विशेष समितिले छापा मारेर शिलबन्दी गरेको थियो ।

शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै १३ भदौमा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएको  थियो । प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो ।

तर नेपाल प्रहरीले बाजेको सेकुवाका सञ्चालक भण्डारीको खोजीमा अन्तरार्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ ।