शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बैंक तथा वित्तीय संस्थाहरुले केन्द्र सरकारले दिएको विदा मात्रै मान्नुपर्छः अर्थमन्त्री खतिवडा

सोमबार, भाद्र १८ २०७५

काठमाडौं भदौ, १८–
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्र सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्रबैंक र अन्य वित्तीय संस्थाले प्रदेश २ सरकारले सार्वजनिक विदाका दिन पनि कार्यालय खोलेकोमा विरोध जनाइरहेका बेला   बैंकहरुको निर्णय बचाउ गरेका हुन् ।

 

सोमबार राजविराजमा करदाता सेवा कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री  खतिवडाले बैंकहरु केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताए ।
 केन्द्र सरकारको मातहतमा रहेका कार्यालयले दिएको विदा मात्र मान्ने उनले बताए ।

 

प्रदेशभित्र प्रदेश सरकारको पनि केही अधिकार रहने भए पनि यस विषयमा छलफल जरुरी रहेको बताए । ‘प्रदेश सरकारले दिने विदाको सम्बन्धमा र कार्यालयहरुले कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार र केन्द्र सरकार बसेर मिलाउनुपर्ने हुन्छ’ उनले भने । मन्त्री खतिवडाले यसबारेमा चाँडै केन्द्र र प्रदेश सरकार बसेर छलफल गर्ने बताए ।

गत भदौ १० गते जनैपूणिर्माको दिन प्रदेश २ सरकारले सार्वजनिक विदा दिँदा पनि कार्यालय खोलेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताला लगाएकाा थिए । त्यस्तै भदौ १७ गते प्रदेश सरकारले कृष्णा जन्मष्टमीको अवसरमा दिएको विदामा पनि कार्यालय खोलेको भन्दै मन्त्री नै बैंक अगाडि धर्नामा बसेका थिए ।