बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गैरकानुनी धन्दामा फस्यो सिटिजन्स बैंक, बैकमा धितोमा रहेको सबै सुनमा हेराफेरिको आशंका

सोमबार, भाद्र १८ २०७५

काठमाडौं भदौ, १८–
 सिटिजन्स बैंक इन्टरनेसनलमा धितोमा राखिएका सुनको परिमाण एकाएक कम भएपछि विभिन्न शंका उत्पन्न भएको छ  । सिटिजन्सको सुन काण्डले बैंकिङ क्षेत्रमा यतिबेला तहल्का मच्चिएको छ । धितोमा राखेको सुनको तौल एकाएक घटन थालेपछि यो प्रकरणले बजार तताएको हो । 
घटना एक महिनाअगाडिको भए पनि भदौ १२ मा घटनाले मूर्तरुप लियो जब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सुन धितो कर्जामा अनियमितता गर्ने सिटिजन्स बैंकका वरिष्ठ सुन जाँचकीहरुलाई पक्राउ गर्यो । 
सुन जाँजकी शामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्य मिलेर २ करोड २८ लाख ३८ हजार ४ सय ३१ रुपैयाँ ५२ पैसा अनियमितता गरेको अभियोग लागेको छ । विषय दुई कर्मचारीलाई आरोप लाग्ने कुरा मात्रै होइन । यो प्रकरणमा बैंका व्यवस्थापनका पदाधिकारीहरु नमिलेसम्म सम्भव नै हुँदैन ।  ऋणीले राखेको सुनको परिमाण आश्चर्यजनक ढंगबाट कम भएपछि विषय बाहिर आएको हो । 
घटना विवरणअनुसार ७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सिटिजन्स बैंकको न्युरोड शाखामा क्षति पुग्यो । न्युुुरोड शाखाले आफ्ना ग्राककहरुसँग सुन धितो राखेर कर्जा दिएको थियो । भूकम्पले भवन क्षतिग्रस्त भएपछि शाखाका कर्मचारीहरुले सुनको सुरक्षाका लागि भने सुनले भरिएका लकरहरु कमलादीस्थित केन्द्रीय कार्यालयमा लिएर गए । तीन वर्षको यो अवधिमा न्युरोड शाखाको मर्मत पनि भयो । शाखा पुरानै अवस्थामा सञ्चालन हुने अवस्थामा फर्कियो । 
त्यसपछि कमलादीमा राखिएका न्युरोड शाखाका सबै सुन स्थानान्तरण गरेर सम्बन्धित शाखामा ल्याइयो । अचम्म त त्यो बेला भयो, जब सुनको परिमाण नै कम देखियो । ऋणीहरुले सावा ब्याज तिरेर आफ्नो सुन बन्धकीबाट छुटाएर लैजान खोज्दा सबै जिल परे । किनभने कुनै ऋणीको सुनको परिमाण कम थियो भने कुनै सुन त भेटिएन नै । 
एक केजी सुन राखेकाहरुले सुन छुटाउँदा जाँदा आधा केजी सुन आधा केजी चाहिँ पित्तल मिसिएको पाइयो भने के गर्ने होला ? भयो ठिक त्यस्तै ।
न्युरोड शाखाका कर्मचारीहरुले केन्द्रीय कार्यालयका कर्मचारीहरुले नै यस्तो बदमासी गरेको शंका गरेका छन् । केन्द्रका कर्मचारीले आफूहरुसँग चाबी नै नहुने भएकोले शाखाकै बेइमानी हो भनेर पन्छिन थाले । त्यसबैबीच न्युरोड शाखाका कर्मचारीले सिआइबीमा एक उजुरी दर्ता गराए । उजुरीमा सुनमा गरिएको हेराफेरिको अनुसन्धान गर्न आग्रह गरियो । उजुरीमा शामिना शाक्य नामक महिला सुन जाँचकीले एक वाक्य लेखिन् । त्यही वाक्यका कारण उनी अहिले सिआइबीको हिरासत कक्षको हावा खाँदै छिन् । उनले एक ऋणी आएर आफूबाट जबर्जस्ती सुन खोसेर लगेको उजुरीमा उल्लेख गरिन् । बैंकका पैसा वा सुन जबर्जस्ती लिएर जान सम्भव छैन भन्ने सबैलाई थाहा छ । तर उनी त्यही वाक्यका कारण अहिले थुनामा छिन् । तर यसको अर्थ ती दुई सुन जाँचकी मात्रै यो प्रकरणमा संलग्न भने होइनन् । यो विषयको लहरो तान्दा पहरो गर्र्जिने निश्चित छ । 
रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछन भने झै बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी भने यतिबेला अमेरिका भ्रमणका थकान मेटाउदै छन । न्युरोड शाखाका कर्मचारीहरुको दावीअनुसार शाखाका कर्मचारीले सुनमा हेराफेरि गरेकै होइनन् । 
बैंक उच्चस्रोतका अनुसार बैंकका जिम्मेवार अधिकारीहरु कै मिलेमतोमा जाँचकीहरुले कम गुणस्तरको सुनलाई पनि उच्च गुणस्तरको हो भन्दै मुल्यांकन गर्ने र तौलमा बदमासी गर्ने, सोही अनुुरुप कर्जा स्वीकृत गरी आएको अतिरिक्त रकम ऋणीसंँग मिलेर बाँढेर खाने गरेका छन् । जुुन कुराको पुुष्टि शाक्यद्वयको पक्राउबाट पनि भईसकेको छ । स्मरण रहोस् गत बर्ष नेपाल बैंकमा पनि फलामलाई पित्तलको लेप लगाएर सुन भन्दै बैंक कै कर्मचारीहरुको मिलेमतोमा करोडौं रुपैयाँ अनिमिता भएपछि ति व्यक्ति पक्राउ परेका थिए । अहिले सिटिजन्स बंैकमा पनि त्यस्तै घटना भएको हुुन सक्छ, सिटिजन्स बैंकका सेवाग्राही भन्छन् । पछिल्लो घटनाले सिटिजन्स बैंकका ग्राहकहरुलाई समेत झस्काएको भन्दै सम्बन्धित निकाय नेपाल राष्ट्र बैंक, केन्द्रिय अनुुसन्धान व्युरो समेतले सिटिजन्समा रहेको सुनको गुुणस्तर जाँच्नुु पर्छ, ति ग्राहक भन्छन । 
यता पक्राउ परेका शाक्यद्वयसहित ऋणी ग्राहक उमेश राज बराईली र लभ बराईलीसहितका पाँचजना अभियुुक्तहरुलाई सिआइबीले  भदौ १२ गते पक्राउ गरी उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । यो अनुसन्धान चलिरहेकै अवस्थामा सिटिजन्स बैंकमा धितोमा रहेका सबै सुनको गुणस्तर चेक गर्नुुपर्छ, सोही बैंकमा एक जना ग्राहक भन्छन् । 
सात केजी सुनमा हेराफेरि 
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबाट व्यक्तिले राखेको साढे सात किलो सुनमा हेराफेरि भएको खबर छ । यो सुन  बैंकको न्यूरोड शाखामा धरौटीबापतकै हो । सुनमा भएको यस्तो घटनापछि जाँचकी दुईसहित जम्मा पाँच जना पक्राउ परेका छन्  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन धरौटी राखेर ऋण लिने ऋणी र बैंकका कर्मचारीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा सुन धरौटी राखेभन्दा बढी तौल देखाएर ऋण प्रवाहको लागि सिफारिश गरेको आशंक गरिएको छ । सिआइबीका एसपी सानुराम भट्टराईको अनुसार सात किलो चारसय ९७ ग्राम सुन अपुग छ  । पक्राउ परेका पाँचैजना बिरुद्ध २ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबर बैकिङ कारोबारमा हानी नोक्सानी पु¥याएको अभियोग लगाइएको छ  । प्रहरीले प्राइम कमर्सियल बैंक कमलपोखरी शाखाका अमितराज बज्राचार्य र ऋणी लभ बराइली तथा उमेशराज बराइली पक्राउ परेका छन् । पक्राउ परेका पाँचजना बिरुद्ध उच्च अदालत पाटनबाट सात दिनको म्याद गरिएको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।