काठमाडौं भदौ, १८–
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबारे धेरै बोलिरहनु नै परेन । किनभने उनी असक्षम र कतिपय अवस्थामा पटमूर्ख पनि प्रमाणित भइसकेका छन् । तर, यि विद्यासुन्दर जस्ता १० जना जन्मेपछि पालो आउँछ बाबुराम भट्टराईको । बाबुराम भट्टराईले हालसालै पनि संसदमा गाईको मासु खान पाउनु पर्छ भन्नेहरुलाई मलजल गरे । गाईलाई राष्ट्रिय जनावर बनाइएकोमा आपत्ति जनाए । हो, यस्तै बाबुराम जस्ता पाँच जना जन्मेपछि पालो आउछ दमननाथ ढुंगानाको ।
यति भनेपछि दमननाथबारे धेरै लेखिरहन आवश्यक छैन । तर पनि अहिले यिनी प्रजातन्त्र सिकाउँन थालेका छन् । सधै वर्तमान व्यवस्था र अमनचयनविरुद्ध विषवमन गर्ने ढुंगानाले नेपालमा प्रजातान्त्रिक विचारको कमी भएकोले कांग्रेस कमजोर भएको बताएका छन् । ‘अब मलाई कांग्रेस चाहिँदैन, म कांग्रेसी पनि होइन’ भन्दै हिँडेका ढुंगाना गएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुरबाट चुनाव लडेर गुन्टेका थिए ।
नीलो प्लेटको सवारी साधन चढेर हिँडने ढुंगानाको पछिल्लो कर्म भनेको देश र नेतालाई सराप्ने मात्रै थियो । यिनै सराप शिरोमणिले हालै प्रजातान्त्रिक विचार समाज र कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘सन्तपुरुष कृष्णप्रसाद भट्टराई स्मृति सभा’ मा पछिल्लो चरणको नेतृत्व मूल्य, मान्यता, सिद्धान्त र विचारमा भन्दा पनि आफ्नो निकटकालाई साथमा लिएर हिँडेकाले पार्टी जनताबाट पछि परेको बताए ।
सो अवसरमा काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन गुट उपगुट र विभाजित मानसिकताबाट टाढा रहनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा पार्टी हार्नुमा पहिलो जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने र त्यसपछि पदीय हिसाबले सबैले लिनुपर्ने बताए ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसीले कृष्णप्रसाद भट्टराईको सिद्धान्त अवलम्बन गरेमा मात्रै प्रजातान्त्रिक विचार बाँच्न सक्ने बताए । सिंहले अहिले कांग्रेस प्रतिपक्ष पनि बन्न नसक्ने र सत्य कुरा पनि बोल्न नसक्ने अवस्थामा पुगेको बताए ।
यसैगरी प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय समाचार समितिका निवर्तमान अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेस पार्टी बन्नका लागि कृष्णप्रसाद भट्टराई र बिपीको सिद्धान्तको संरक्षण र विकास गर्नुपर्ने बताए ।