सिन्धुली भदौ, १७–
सिन्धुलीको दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुलीको दुधौली खोलाको पुल भासिएको हो । कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको पक्की पुल चार पांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । पुलको पिलर भासिएपछि पुल नै लचकिएको छ ।
नगरपालिकाले अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन अनुरोध गरेको छ ।
पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सञ्चालनमा रोक लगाइएको बताईएको छ ।
पुल भासिदा दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरुले डाइभर्सनको व्यवस्था मिलाइ आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।