मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आब्हान

शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ ।

सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्बजनिक सुचना जारी गरी आवेदन माग गरेको हो ।
नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाईएको छ । जसअनुसार सैनिकका सन्तती १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी/जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।