बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु बैंक र नेपाल आँखा अस्पतालबीच सम्झौता

शुक्रबार, भाद्र १५ २०७५

काठमाडौं भदौ, १५–
प्रभुु बैंक र नेपाल आँखा अस्पतालबीच सम्झौता भएको छ । बैंकले त्रिपुरेवश्वरस्थित नेपाल आँखा अस्पतालसंग आँखा शिविर सञ्चालनगर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो । सम्झौता–पत्रमा प्रभु बैंकको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत  अशोक शेरचन र नेपाल आँखा अस्पतालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले एक समारोहकाविच हस्ताक्षर गरेकाछन् । 
सम्झौता अनुसार प्रभु बैंकको आर्थिक सहयोगमा नेपाल आँखा अस्पतालसँगको सहकार्यमा भौगोलिक विकटताले पर्याप्त स्वास्थ्य सेवा पुग्न नसकेको ठाँउका आर्थिक रुपले निम्नस्तरका आँखाका विरामीहरुलाई लक्षित गरी आँखा शिविर सञ्चालन गरिने छ । उक्त आँखा शिविर भौगोलिकता तथा मौसम अनुकुलतालाई मध्येनजर गर्दै आगमी २०७५ चैत्र मसान्तभित्र सम्पन्न गरिसक्ने कार्यक्रम रहेको छ । उक्त आँखा शिविरमा सहभागिता जनाइ सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुले आँखा जाँच गराउनुका साथै, आँखाका जटिल विरामीहरुले पनि सफल उपचार गराउन सक्नेछन् । पहिलो चरणमा काठमाण्डौ, ललितपुर,काभ्रे धादिङ्ग जिल्लाका विकट ठाउँमा सञ्चालन गरिने उक्त आँखा शिविरमा लगभग एक हजार जना आँखाका विरामीहरुको सफल उपचार गरिने लक्ष्य रहेको छ । 
बैंकको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्न लागिरहेको यस आँखा शिविरबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण एवं भौगोलिक विकटता तथा विपन्न आयस्तरका  कारण लामो समय देखि उपचार नपाईरहेका व्यक्तिहरुले समेत अति संवेदनशील आँखा रोगको सफल उपचार गराई लाभान्वित हुन सक्नेछन् भन्ने बैंकले विश्वाश लिएको छ ।