ओखलढुंगा भदौ, १४–
ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको मेलुङ गाउँपालिका–८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिएको हो । पहिरोमा परी ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाए अनुसार पूर्णकी दिदी मित्रमायाको पनि पहिरोले पुरिएर मृत्यु छ ।