१४ भदौ, काठमाडौं– महासमिति बैठकको तयारीमा रहेको कांग्रेस विधान मस्यौदालाई टुंगोमा पुर्याउन गम्भीर गृहकार्यमा जुटेको छ । केन्द्रीय विधान संशोधन मस्यौदा समितिले विभिन्न चारवटा उपसमिति बनाएर मस्यौदा टुंगोमा पु-याउने तयारी थालेको छ ।
बुधबार मस्यौदा समितिको बैठकले १५ असोजसम्म मस्यौदा तयार गर्नुपर्ने भएकाले छुट्टाछुट्टै उपसमिति बनाउने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
केन्द्रीय समिति तथा मस्यौदा समिति सदस्य महालक्ष्मी उपाध्याय डिनाले बिहीबार उपसमिति गठन गर्ने जानकारी दिइन् ।
‘१५ असोजसम्म नयाँ विधानको मस्यौदा तयार गर्न छुट्टाछुट्टै कार्यक्षेत्र दिएर चार उपसमिति बनाउने तयारी गरिएको छ,’ उपाध्यायले नयाँ पत्रिकासँग भनिन्, ‘एक हप्ताको समय दिएर उप–समिति गठन गरिनेछ ।’