बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इजरायली युद्धका कारण गाजामा ५० प्रतिशत आवासीय भवन ध्वस्त

सोमबार, कार्तिक ६ २०८०

सिन्ह्वा । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् ।

इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ ।
इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् ।

लगभग २० हजार घरहरु पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरु घरबाट बिस्थापित भएका छन् ।