बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एसपी डिल्लीराज र बबिताको सम्बन्ध कस्तो हो ? किन गैरहन्थे बबितालाई भेट्न डिल्लीराज ?

मंगलबार, भाद्र १२ २०७५

१२ भदौ, काठमाडौं–प्रदर्शनपछिको दबाबका कारण नयाँ प्रशासन नेतृत्वले बबिता र रोशनी बमलाई हिरासतमा लिइएको छ ।

उनीहरूका पिता तथा हाल जनविकास मावि दार्चुलाका शिक्षक दीपेन्द्रबहादुर बम र निलम्बित एसपी डिल्लीराज विष्ट पुराना साथी हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बबिताकी आमा इन्द्रादेवी दुँहु गाउँपालिका–३ दार्चुलाकी सचिव हुन् । जागिरका कारण दीपेन्द्रबहादुर श्रीमतिसहित दार्चुला नै रहे पनि एसपी डिल्लीराज वेलाबखत बबितालाई भेट्न आइरहन्थे । र, बबिता पनि उनलाई भेट्न पुगिरहन्थिन् ।

पारिवारिक सम्बन्ध राम्रै थियो । त्यहीकारण एसपी डिल्लीराज निर्मला हराएको घरका सदस्यप्रति नरम भएको प्रशासनकै शंका छ । तत्कालीन एसपी डिल्लीराजसँग गरेको पटकपटकको प्रयासका बाबजुद उनले फोन उठाउन चाहेनन् ।