बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एसबिआईको ग्राहक लुट्ने यस्तो धन्दा, निक्षेपकर्ता तथा ग्रहाकलाई सोस्दै सेयरधनी र कर्मचारीलाई पोस्दै

सोमबार, भाद्र ११ २०७५

काठमाडौं भदौ, ११–
आर्थिक बर्ष २०७४—०७५  सबैजसो वाणिज्य बैंकहरुको लागि सुुुखद रह्यो । सबै बैंकहरुले नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ऐन नियमभित्र बसेर नाफा कमाए । उक्त नाफा सम्वन्धीत बैंकहरुले नेपाल राष्ट्र बैंक स्वयम्बाट एवं सम्वन्धीत बैंकहरुको बार्षिक साधारणबाट पारित गरेर सेयरधनीहरुलाई बितरण गर्र्नेेछन् । तर, यहिबीचमा भारतको स्टेट बैंक समेतको सेयर लगानी रहेको नेपाल एसबिआई बैंकले बढी नाफा देखाउन नै लागि आम निक्षेपकर्ता एवं कर्जावाला ग्राहकलाई चरमरुपमा शोषक गरेको भेटिएको छ । 
बैंकले बढ्दो खर्च धान्नको लागि खुद व्याज आम्दानी बढाउनुु पने बाध्यतासँगै कर्जा तथा निक्षेपको बिचको व्याजदर स्प्रेड दर बढाएर निक्षेपकर्ता एवम् कर्जावाला ग्राहकलाई चरमरुपमा शोषणा गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुुसार वाणिज्य बैंकहरुमा कर्जा तथा निक्षेप बिचको व्याजदर अन्तर पाँच प्रतिशत भन्दा तल हुुनुुपर्छ । यदि त्यस्तो छैन भने २०७५ को असोज मसान्तसम्म पाँच प्रतिशतको स्प्रेडदर कायम गरिसक्नुु पर्छ । तर नेपाल एसबिआई बैंकले भने नाफा बढाउन कै लागि अघिल्लो आवमा चार दशमलव ५५ प्रतिसतको सिमामा रहेको स्प्रेड दरलाई बढाएर चार दशमलव ९९ प्रतिशत पुर्याएको छ । स्प्र्ेड दर बढाउँदा बैंकको खुुद व्याज आम्दानी बढ्छ, त्यहीकारण पनि आव २०७४—०७५ मा बैंकले अघिल्लो आवको तुुलनामा झण्डै ४० करोड रुपैयाँले नाफा बढाउन सफल भएको देखिन्छ । 
हाल चुक्ता पुंजी हाल आठ अर्ब चार करोड ६९ लाख पाँच हजार रुपैयाँ रहेको बैंकले आर्थिक बर्ष २०७४—०७५ मा ८४ अर्ब दुुई करोड ५३ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ५० करोड २२ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा चार अर्ब ७६ करोड २७ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा चार अर्ब सात करोड ९३ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । संभावित जोखिम व्यवस्थापन  रकम २५ करोड ३९ लाख ६४ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम ९४ लाख ९७ हजार रुपैयाँ रहेको छ भने खराव कर्जा शुन्य दशमलव २० प्रतिशत रहेको छ । 
बैंकले अघिल्लो आवमा भने बैंकले ८१ अर्ब ६६ करोड ४५ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब दुुई करोड ४८ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ९१ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा खराव कर्जा शुन्य दशमलव १० प्रतिशत रहेको थियो । बैंकले कर्मचारीको तलव भत्ता र प्रशासनिक क्षेत्रमा आव २०७४—०७५ मा झण्डै दुुई अर्ब रुपैयाँ खर्च गरेको छ । बैंकले गत आवमा कर्मचारीको तलव भत्तामा एक अर्ब दुुई करोड  ५६ लाख ३९ हजार र अन्य शिर्षकमा ९६ करोड ७८ लाख पाँच हजार रुपैयाँ खर्च गरेको हो । अघिल्लो आवमा भने बैंकले कर्मचारीको तलव भत्तामा ७९ करोड चार लाख ७३ हजार र अन्य शिर्षकमा ७५ करोड ४७ लाख २३ हजार रुपैयाँ खर्च गरेको थियो । श्रोतका अनुसार बैंकको खर्च बढ्नुुमा भारतबाट आउने बैैकको सेयरधनी एवं सञ्चालकहरुलाई काठमाडौंको पाँच तारे होटलमा बसाल्नुु र भत्ता दिनुु पनि प्रमुुख कारण हो, श्रोतले भनेको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।