काठमाडौ भदौ, १०–
सिद्धार्थ बैंकले भाद्र ६ गते बुधबारका दिन थप दुई स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको चाबहिल र चितवनको पर्सामा नयाँ शाखा कार्यालयहरुबाट सेवा प्रारम्भ गरेको हो ।
यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको संचालन हुनेछ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवाप्रदान गर्ने योजना बनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १२६ एटीएम र ९०० भन्दा बढी पिओएस मेसिन मेसिनमार्फत् गुणस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।