बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत

आइतबार, भाद्र १० २०७५

काठमाडौं भदौ, १०–
काठमाडौंको नेपालटारमा एक बालिका बलात्कृत भएकी छिन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

प्रहरीले बालिका बलात्कारको आरोपमा  बाजुराको बुढीनन्द नगरपालिका–१० घर भइ तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको छ ।

बोहराले खाजा खान गएका वेला रुकुमकी ती बालिकलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

घटनाको विषयमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।