बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१३, १४ र १५ गते उपत्यकाका सवारीमा जोर–विजोर प्रणाली लागु हुने

आइतबार, भाद्र १० २०७५

काठमाडौं भदौ, १०–
आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका  तथा बिहिबार१४ गते जोर नम्बर सवारी मात्र गुडाउन पाइने भएको छ ।  
चौथो बिमस्टेक सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय गरिएको हो  । नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ । १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक ९०,२,४,६,८० भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।