काठमाडौं भदौ, ७–
नेप्से सुचक आज (बिहिबार) पनि लगभग रातै देखिएको छ । आज १० वटा समुहको कारोबार भएकोमा आठ वटा समुहको सुचक घटेर रातो देखिएको छ भने बिकास बैंक र अन्य समुहको सुचक सामान्य अंकले बढेर हरियो देखिएको छ । आज एक सय ५९ कम्पनीहरुको तीन हजार पाँच सय दुुई वटा कारोबारमा १० लाख २० हजार पाँच सय ९५ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम २७ करोड ७३ लाख आठ हजार दुुई सय ६६ रुपैयाँ पुुगेको छ ।
गुुमाउने समुहको सुचकमा परेको वाणिज्य बैंक समुहको सुचक आज तीन दशमलव ५३ अंंकले घटेर एक हजार १४ दशमलव ३० अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १४ करोड १४ लाख ९६ हजार रुपैयाँ पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि १४ दशमलव ६२ अंकले घटेर १३ सय ७४ दशमलव आठ अंंकमा पुुगेको छ भने सेयर कारोबार रकम एक करोड छ लाख ४२ हजार एक सय रुपैयाँ पुुगेको छ ।
आज जीवन र निर्जिवन दुई वटै बीमा समुहको सुचक घटेका छन् । यस बाहेक होटल, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि घटेर रातै भएका छन् । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ एनआईबिएल समृद्धि फण्ड १ ११.३२ ६.०९
२ लक्ष्मी भ्यालुु फण्ड— १ १०.५५ ४.४६
३ नागरिक लगानी कोष २४८४ ३.९३
४ नेपाल सेवा लघुबित्त संस्था ४०२ ३.६१
५ सिर्जना फाईनान्स २८८ ३.६०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ युनिलिभर नेपाल लिमिटेड २२५७३ ३.९४
२ सप्तकोशी डेभलपमेन्ट बैंक ११५ ३.३६
३ कन्काई बिकास बैंक १२१ ३.२५
४ कृषि बिकास बैैंक ३३५ २.६१
५ एनएमबी बैंक ३१० २.५१