बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गोरखापत्रका पूर्व प्रधानसम्पादक न्यौपानेको निधन

बुधबार, भाद्र ६ २०७५

काठमाडौं भदौ, ६–
गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । 

पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी दिए । चौरासी वर्षीय न्यौपाने पछिल्लो समय उच्च रक्तचापबाट ग्रसित थिए ।  

न्यौपानेले गोरखापत्र संस्थानमा करीब तीन दशक विभिन्न पदमा रहेर काम गरेका थिए  । पछिल्लो समय उनी साप्ताहिक जनसत्ताका प्रधानसम्पादक थिए । 

न्यौपानेका दुई श्रीमती, तीन छोरी र दुई छोरा छन् । न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस