विराटनगर भदौ, ५–
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगाईएको कर संसारमै सस्तो भएको दाबी गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्ने प्रष्ट पारे ।
राजस्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने भन्दै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।