काठमाडौं भदौ, ५–
राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीमा केन्द्रीय पदाधिकारी मनोनयन गरेका छन् । सोमवार मात्रै पदाधिकारी भंग गरेका थापाले आज दुई पदाधिकारी मनोनय गरेका हुन् । पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापाले पार्टीको विधानबमोजिम ललितपुरका भाष्कर भद्रालाई महामन्त्री र काठमाडौंका उद्धव पौडेललाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।