काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन बनायो ।
भारतका यसस्वी जैसवाल एक सय रन बनाएर आउट भए। उनले ४८ बलमा सतक पूरा गरे।
केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।