काठमाडौ, भदौ ३-
ज्योति विकास बैंक लि. र देव विकास बैंकबिच आज आईतबार रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव विकास बैंकका तर्पmबाट प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवः विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउदैछन् ।
यस सम्झौतापश्चात देवः विकास बैँकका ५१ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।