बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाली क्रिकेट टिमलाई एमाले अध्यक्ष ओलीले दिए शुभकामना !

आइतबार, असोज ७ २०८०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओेलीले चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।

‘एसियन गेमको लागि आज चाइना जानलागेको नेपाली क्रिकेट टिमलाई शुभकामना ! चतुरबहादुर चन्द र पारस खड्का सहित नेपाल क्रिकेट संघ (क्यान) को नयाँ टिमलाई बधाई !’ एउटा तस्वीर सेयर गर्दै उनले लेखेका छन् ।

चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली क्रिकेट टोली आज त्यस तर्फ प्रस्तान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिएका थिए ।