बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल बंगलादेश बैंकको नाफा एक अर्ब १० करोड

बुधबार, साउन ३० २०७५

काठमाडौं साउन, ३०– 
नेपाल बंंगलादेश बैंकले आर्थिक बर्ष २०७४—०७५ मा एक अर्ब १० करोड ७५ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकको यस्तो नाफा एक अर्ब २० करोड तीन  लाख ८२ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी आठ अर्ब आठ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको बैंकले आव २०७४—०७५ मा ४७ अर्ब ७८ करोड ३२ लाख हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ४० करोड छ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९१ करोड ४० लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम ३५ करोड ५८ लाख २६ हजार रुपैयाँ रहेको छ । राईट व्याक रकम १० करोड ५१ लाख ३१ हजार रुपैयाँ रहेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । 
अघिल्लो आवमा भने बैंकले ४३ अर्ब ७१ करोड ३१ लाख ९३ हजार रुपैयाँ निक्ष्ोप संकलन गरी ३७ अर्ब ४६ करोड ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५२ करोड ४६ लाख नौ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।