बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हिमालयन बैंकको नाफा बढेर दुुई अर्ब ४७ करोड नाघ्यो

बुधबार, साउन ३० २०७५

काठमाडौं साउन, ३०–
हिमालयन बैंकले आर्थिक बर्ष २०७४—०७५ मा दुुई अर्ब ४७ करोड ४५ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकको यस्तो मुनाफा दुुई अर्ब १७ करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी आठ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ रहेको बैकले आव २०७४—०७५ मा ९९ अर्ब ७४ करोड ३० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ८४ करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ करोड ७० लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी कमाएको बैंकको प्रोभिजन रकम एक अर्ब ११ करोड १६ लाख ६५ हजार रुपैयाँ रहेको छ भने राईट व्याक रकम एक अर्ब  सात करोड ९० लाख ४० हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैंकमा शुन्य दसमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । 
अघिल्लो आवमा भने बैंकले ९२ अर्ब ८८ करोड ११ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड नौ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त  अवधिमा तीन अर्ब ७६ करोड ५१ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।