काठमाडौं साउन, ३०–
अघिल्लो दुुई दिन बढेको नेप्सेले आज बुुधबार पनि निरन्तरता पाएको छ । नेप्से आज २८ दशमलव ७३ अंकले बढेर १२ सय नौ दशमलव ७१ अंकमा चढेको छ । सेन्सिटिभ पनि पाँच दशमलव नौ अंकले बढेर दुुई सय ५५ दशमलव ४० अंकमा चढेको छ । आज एक सय ६५ कम्पनीहरुको पाँच हजार आठ सय ३३ वटा कारोबारमा १० लाख ६८ हजार पाँच सय ५७ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ३६ करोड एक लाख ६३ हजार पाँच सय ४८ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुुँदा सबै सुचक बढेर नेप्से हरियो भएको छ । वाणिज्य बैक समुहको सुचक २४ दशमलव ८६ अंकले बढेर एक हजार ३७ दशमलव २२ अंकमा पुुगेको छ भने कारोबार रकम १५ करोड ६४ लाख तीन हजार रुपैयाँ पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि ३४ दशमलव ५३ अंकले बढेर १४ सय ३० दशमलव २३ अंकमा पुुगेको छ भने कारोबार रकम एक करोड ७९ लाख १९ हजार पाँच सय रुपैयाँ पुुगेको छ । र्निेिर्जवन बीमा समुहको सुचक पनि दुुई सय पाँच दशमलव ६४ अंकले बढेर पाँच हजार नौ सय ८१ दशमलव २७ अंकमा पुुगेको छ भने कारोबार रकम तीन करोड नौ लाख ६१ हजार सात सय रुपैयाँ पुुगेको छ ।
आज बिकास बैंक, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुबित्त र जीवन बीमा समुहको सुचक पनि बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ स्वरोजगार लघुबित्त बित्तीय संस्था ८०६ ९.६६
२ हिमालयन डिष्ट्रिलरी १४५० ७.९७
३ तारागाउँ रेजिडेन्सी होटल २७९ ७.३१
४ हिमालयन पावर पार्टनर २६० ६.४३
५ समिट माईक्रो फाईनान्स ९५४ ६
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ वोमी माईक्रो फाईनान्स ११४३ १०
२ आरम्भ माईक्रो फाईनान्स ८८३ २.१०
३ मल्टीपर्पस फिनान्स लिमिटेड १९० २.०६
४ खानीखोला हाईड्रो पावर कम्पनी १०६ १.८५
५ लक्ष्मी ईक्विटी फण्ड ७.९५ १.८५