काठमाडौं साउन, ३०–
नुवाकोटमा सडकबाट बस खस्दा २० जना घाइते भएका छन् । सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बसले मिनी ट्रकलाई साइड दिँदा ढुंगेचौतारो भन्ने ठाउँमा बस सडकबाट तल खसेको नुवाकोट प्रहरीले जनाएको छ ।
विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।