काठमाडौं साउन, २९–
सेयर बजार आज पनि बढेको छ । सेयर बजार बढ्दा लगानीकर्ताहरु हौसिएका छन् । नेप्से आज छ दशमलव ६१ अंकले बढेर ११ सय ८० दशमलव ९८ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि एक दशमलव ५६ अंकले बढेर दुुई सय ४९ दशमलव ५० अंकमा पुुगेको छ । एक सय ६० कम्पनीहरुको तीन हजार दुुई सय ७८ वटा कारोबारमा सात लाख ३२ हजार सात सय २५ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम १८ करोड ९५ लाख ८६ हजार सात सय ३५ रुपैयाँ पुुगेको छ ।
आज ११ वटा समुहको कारोबार भएकोमा १० वटा समुहको सुचक बढेर होटल समुहको सुचक घटेको छ । वाणिज्य बैक समुहको सुचक छ दशमलव ८७ अंकले बढेर एक हजार १२ दशमलव ३६ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम सात करोड ५५ लाख २१ हजार रुपैयाँ पुुगेको छ । बिकास बैक समुहको सुचक पनि १४ दशमलव ८८ अंकले बढेर १४ सय ३५ दशमलव पाँच अंंकमा पुुगेको छ भने कारोबार रकम दुुई करोड १० लाख ११ हजार पाँच सय रुपैयाँ पुुगेको छ । जलबिद्युत समुहको सुचक पनि छ दशमलव ३४ अंकले बढेर १३ सय ९५ दशमलव ७० अंकमा पुुगेको छ भने कारोबार रकम ६५ लाख ४३ हजार दुुई सय रुपैयाँ पुुगेको छ ।
निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुुचक पनि बढेका छन् । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ आरम्भ माईक्रो फाईनान्स ९०२ १०
२ हिमालयन डिष्ट्रिलरी प्राली १३४३ ८.३१
३ हिमालयन डिष्ट्रिलरी प्राली १३४३ ८.३१
४ सिटी एक्सप्रेस फाईनान्स १०८ ५.८८
५ पोखरा फाईनान्स १४६ ५.८०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ मल्टीपर्पोस फाईनान्स १९४ ५.३६
२ बरुण हाईड्रो पावर कम्पनी १३५ २.१७
३ युनिलिभर नेपाल लिमिटेड २२५९४ २.०२
४ हिमालयन पावर पार्टनर लिमिटेड २४९ १.९६
५ मिथिला लघुबित्त बिकास बैंक ८५३ १.९४