बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

खसीबोका र राँगाभैँसीसमेत थपियो कर !

मंगलबार, साउन २९ २०७५

२९ साउन, काठमाडौं–कर लाग्ने वस्तुको सूचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् ।

स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्री गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरूले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

‘हामीबाट खरिद गर्ने व्यवासयीले कर तिर्दैन् तर, हामीले तिर्नुपरेको छ’, वैतडी सिद्धपुरका गणेश धामीले भने ।