काठमाडौं साउन, २८–
नेप्सेमा आज भने रौनक आएको छ । लगातार घटेको नेप्से आज १० दशमलव ४३ अंकले बढेर ११ स.य ७४ दशमलव ३७ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि दुुई दशमलव २४ अंकले बढेर दुई सय ४७ दशमलव ९४ अंकमा पुुगेको छ । आज एक सय ५७ कम्पनीहरुको तीन हजार एक वटा कारोबारमा पाँच लाख ३३ हजार चार सय ९२ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम १६ करोड ९६ लाख ६१ हजार चार सय ३१ रुपैयाँ पुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा नौ वटा समुहको सुचक बढेर हरियो भएको छ भने होटल समुहको सुचक घटेर रातो भएको छ । वाणिज्य बैक समुहको सुचक सात दशमलव ५४ ंअंकले बढेर एक हजार पाँच दशमलव ४९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम छ करोड ५१ लाख ७८ हजार दुुई सय रुपैयाँ पुुगेको छ । बिकास बैैक समुहको सुचक पनि १६ दशमलव २२ अंकले बढेर १४ सय २० दशमलव १७ अंकमा पुुगेको छ भने कारोबार रकम एक करोड छ लाख १२ हजार सात सय रुपैयाँ पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि तीन दशमलव ९८ अंकले बढेर १३ सय ८९ दशमलव ३६ अंकमा पुुगेको छ भने कारोबार रकम एक करोड १४ लाख ४९ हजार सात सय रुपैयाँ पुुगेको छ ।
फाईनान्स, उत्पादनमुुलक, अन्य, लघुबित्त, निर्जिवन बीमा र जीवन बीमा समृुहको सुचक पनि आज बढेकाछन । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ आरम्भ माईक्रो फाईनान्स ८२० ९.०४
२ ग्रिन डेभलपमेन्ट बैंक १३८ ६.१५
३ बेष्ट फाईनान्स १०६ ६
४ महिला सहयात्रा बित्तीय संस्था ६५६ ५.८१
५ बैंक अफ काठमाडौं २५७ ४.४०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ सर्पोट माईक्रो फाईनान्स ९२७ ९.९१
२ मल्टीपर्पस फिनान्स लिमिटेड २०५ ८.८८
३ नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक १२३ ३.९०
४ तिनाउ बिकास बैंक १६६ २.९२
५ एभरेष्ट बैंक (कन्र्भटेवल प्रिफरेन्स) ५९२ १.९८