बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राणाको निधनमा शोक प्रस्ताव पारितसँगै आजको प्रतिनिधिसभा बैठक स्थगित

आइतबार, साउन २७ २०७५

काठमाडौं साउन, २७–
प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उनको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उहाँ विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत भएका थिए । 

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ । रासस