बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा हुँदैनः प्रधानमन्त्री ओली

आइतबार, साउन २७ २०७५

 

काठमाडौं साउन, २७–
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानवअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । 
आईतबार नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई  प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको,त्यसका लागि आफू १४ बर्ष जेल बसेको,पार्टीको कयौं  नेता ,कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए । 
माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माइतीघर मण्डला के आमसभा,जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीको प्रश्न छ ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’
 ‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुदैन’ प्रधानमन्त्री ओलीले भने,  ‘यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।’
 प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताए । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे ।  प्रधानमन्त्री ओलीले भने,  ‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।
 प्रधानमन्त्री ओलीले १० बर्षमा नेपालको कायापलट गर्न सकिने बताए ।   कृषिमा आश्रित जनसंख्यालाई दुईबर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
  प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेल लगायत कार्यसमितीलाई सफल कार्यकालको शुभकामना सिमेत दिए ।