बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भरत शम्शेरको सम्मानमा कांग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने

आइतबार, साउन २७ २०७५

काठमाडौं साउन, २७–
 पार्टीका पूर्व केन्द्रीय सदस्य तथा नेता  भरत शम्शेर राणाको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । आइतबार बिहान बसेको कांग्रेसको  आकस्मिक  केन्द्रीय कार्यसमिति बैठकले राणाको सम्मानस्वरुप साउन  २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।  त्यस्तै,  साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र  १३ औँ दिन (भदौ ६) मा केन्द्रीय कार्यालयमा शोकसभा  आयोजना गर्ने निर्णय गरेको छ । 
नेपाली काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको शोक प्रस्ताव पारित गरेको छ । 
बैठकपछि काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा पुराना तथा अग्रज नेता राणाको निधनले काँग्रेस मर्माहत भएको उल्लेख छ । राणाको साउन २५ गते कोलकातामा निधन भएको थियो ।
वीपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो संसदमा गोर्खा परिषद्को नेताको हैसियतले राणा प्रमुख प्रतिपक्षी दलको नेता थिए ।