बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गाम्काको नाममा ठगी गर्ने स्वास्थ्य संस्थाको नाम सार्वजनिक (नामसहित)

आइतबार, साउन २७ २०७५

२७ साउन, काठमाडौं–फागुन ०७४ देखि त्यसअघि नभएको मेडिकल जाँच गर्नुपूर्व अनलाइन गर्नुपर्ने नयाँ व्यवस्था लागू गरियो । त्यसबापत १० अमेरिकी डलर ठगी गर्ने गरिएको छ ।

त्यसयता असारसम्म मात्रै साउदी, ओमन र बहराइन गएका ५१ हजार ५ सय ७१ जना नेपाली श्रमिकबाट ५ करोड ७० लाख ठगी भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गाम्काआबद्ध मेडिकल सेन्टरले कामदारसँग तोकिएभन्दा ३ हजार ६ सय ६० रुपैयाँ बढी शुल्क असुल्दै आएका छन् । सरकारले महिला कामदारको स्वास्थ्य परीक्षणका लागि ३ हजार १ सय रुपैयाँ र पुरुष कामदारका लागि २ हजार ९ सय ४० रुपैयाँ निर्धारण गरेको छ ।

साउदी, बहराइन र ओमन जाने कामदारले ११ सय रुपैयाँ (१० अमेरिकी डलर) तथा मेडिकल शुल्कबापत ५५ सय रुपैयाँ गरी ६ हजार ६ सय रुपैयाँ बुझाउँदै आएका छन् ।

अल खालिज मेडिकल सेन्टर, चाबहिल– महेन्द्र ढंगाना

अलमसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर – डा. सानुकृष्ण श्रेष्ठ, डा. भागरथी कायस्थ र डा. जहाङगिर आलम

अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली – डा अर्जुनसिंह चन्द, डा. मनोरदिन साइयद, डा जुबिर अहमद

हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर – डा. एस. राना

कान्तिपुर डायग्नोसिस सेन्टर, कान्तिपथ– डा आरडी जोशी

लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर – डा. आर. रौनियार

लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही – डा. विजयराज झा, डा. शर्मिला पराजुली

मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी – डा. अरविन्दप्रसाद साह, डा आभूषणसिद्धि तुलाधर, डा. रमिला श्रेष्ठ

राजाम मेडिकल सेन्टर, चाबहिल – डा. राजेशकुमार, डा. मुक्तचन्द

साइबा मेडिकल सेन्टर, पुलचोक, ललितपुर–अब्दुल सुनार

साउदी नेपाल मेडिकल सेन्टर – महेन्द्र शेरचन

सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार – डा. इश्वरलाल श्रेष्ठ