बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिक्टामा अख्तियारले थाल्यो छानबिन

शनिबार, साउन २६ २०७५

२६ साउन, काठमाडौं–सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको समाचार आजको नागरिकमा छापिएको छ ।

सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

 ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने । ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको अवस्थामा अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको छ। ‘नहरको भेरिएसन र डिजाइनको विषयमा पनि प्रश्न उठेको छ,’ दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ।’ अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ ।