२६ साउन, काठमाडौं–संसद् र स्थानीय तहको निर्वाचन परिणाम
समानुपातिकतर्फको मत
पार्टी सदस्य संख्या
ज्येष्ठताका आधारमा सर्बस्वीकार्य व्यक्तित्व
प्रदेश १ (१४ जिल्ला)
कार्यदल : भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले
प्रदेश कमिटी : २०७ सदस्यीय
पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५
प्रदेश अध्यक्षका दाबेदार : जगन्नाथ खतिवडा, राम कार्की, सावित्रीकुमार काफ्ले
अन्तिम तयारी : दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएर सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले बताए । प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरूको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिस गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा ४ जिल्ला नेतृत्व दाबी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रदेश २ (८ जिल्ला)
कार्यदल : सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह
प्रदेश कमिटी : २१५ सदस्यीय (५ प्रतिशत रिक्त राखिने)
अध्यक्षका दाबेदार : नागेन्द्र चौधरी, शत्रुधन महतो, प्रभु साह, विश्वनाथ ािह
अन्तिम तयारी : तीन दिनभित्र प्रदेश संगठन कमिटीको संख्या र नाम टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी भइरहेको कार्यदल सदस्य सत्यनारायण मण्डलले बताए । प्रदेश र जिल्ला कमिटीमा समेटिने संख्या र नेतृत्व पनि हाराहारी नै हुने गरी छलफल चलिरहेको जानकारी दिए । आठ जिल्ला–सिरहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहटमध्ये पूर्वएमालेले कम्तीमा ५ र माओवादी केन्द्रले कम्तीमा ४ जिल्लामा नेतृत्व पाउनुपर्ने दाबी गरेको छ
प्रदेश ३ (१३ जिल्ला)
कार्यदल : अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल
प्रदेश कमिटी : २१७ सदस्यीय (अन्तिम टुंगो लागेको छैन)
अध्यक्षका दाबेदार : पशुपति चौलागाईं, काशीनाथ अधिकारी, नारायण दाहाल
अन्तिम तयारी : कार्यदल सदस्यहरूले काठमाडौंसहित १३ भूगोलका जिल्ला र ४ विशेष जिल्ला कमिटीसहित १७ वटा कमिटीको संख्या र नेतृत्व कसले लिनेबारे छलफल चलिरहेको छ । यसमा टुंगो लागेपछि मात्र प्रदेश कमिटी र जिल्लामा समेटिने नाम एकैपटक बुझाउने कार्यदलको तयारी छ । पूर्वएमालेको जोड ६०/४० र पूर्वमाओवादीको जोड ५५÷४५ को अनुपातमा प्रदेश कमिटी बनाउनुपर्ने माग छ ।
गण्डकी प्रदेश (११ जिल्ला)
कार्यदल : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी
अध्यक्षका दाबेदार : किरण गुरुङ, तुलबहादुर गुरुङ, हितराज पाण्डे, हरि अधिकारी
प्रदेश कमिटी : १८७ सदस्यीय
अन्तिम तयारी : २८ भदौभित्र प्रदेश संगठन कमिटी र नौवटै जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउनका लागि निर्णायक बैठक गरिने कार्यदल सदस्य, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताए । अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका ५÷५ जनाको कार्यदलले छलफल चलाइरहेको छ । पूर्वमाओवादीले कम्तीमा ३ जिल्लाको नेतृत्वमा दाबी गरेको छ । ६०÷४० या ५५÷४५ को अनुपातमा टुंग्याउने गरी छलफल भएको छ ।
प्रदेश ५ (१३ जिल्ला)
कार्यदल : शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन
प्रदेश कमिटी : २०३ सदस्यीय
अध्यक्षका दाबेदार : दलबहादुर राना, मणि थापा, गणेशमान पुन
अन्तिम तयारी : कार्यदल सदस्य मणि थापाका अनुसार २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीबाट हाराहारीको संख्या रहने गरी प्रदेश कमिटीको नाम टुंग्याउने अन्तिम तयारी भइरहेको छ । प्रदेशका १३ जिल्लामध्ये पूर्वी रुकुम, प्युठान, रोल्पा र बर्दियामा पूर्वमाओवादीले अध्यक्षको दाबी गरेको छ । पूर्वएमालेले रुपन्देही, पाल्पा, दाङ, गुल्मी, बाँके, अर्घखाँची र नवलपरासीसहितका बाँकी जिल्लामा नेतृत्व दाबी गरेको छ ।
कर्णाली प्रदेश (९ जिल्ला)
कार्यदल : युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा
प्रदेश कमिटी : १७५ सदस्यीय
पूर्वएमालेबाट ८७ र पूर्वमाओवादीबाट ८८ जना
अध्यक्षका दाबेदार : मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी, लक्ष्मी पोखरेल
अन्तिम तयारी : हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो चुनावको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व सकभर बराबरी हुने गरी टुंग्याउने तयारी छ ।
प्रदेश ७ (९ जिल्ला)
कार्यदल : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी
प्रदेश कमिटी १८३ सदस्यीय (कसको कति रहनेबारे छलफल जारी)
अध्यक्षका दाबेदार : कर्णबहादुर थापा, लक्ष्मीदत्त जोशी
कुन संगठनको एकीकरण कसरी हुँदै छ ?
मजुदर : साउनभित्र विधान बन्ने
कार्यदल : विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी
तयारी : मजदुर संगठनको साउनभित्रै विधान तयारी गरी ५ भदौभित्र एकता गरिसक्ने तयारी गरिएको कार्यदल सदस्य जयपुरी घर्तीले बताइन् । तत्कालीन एमालेको नेपाल ट्रेड्र युिनयन महासंघ (जिफन्ट)को ५१ सदस्यीय केन्द्रीय कमिटी छ र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युिनयन महासंघ (अन्टुक)को १ सय ६९ सदस्यीय केन्द्रीय कमिटी छ ।
पत्रकार : नेतृत्व टुंग्याउने बाँकी
कार्यदल : योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल छन् ।
तयारी : पत्रकारको नेतृत्वबाहेक सबै टुंगो लागिसकेको छ । तर, नेतृत्वको विषयमा टुंगो लागेपछि पत्रकार संगठनको एकता हुने प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापाले बताए । नेतृत्वको विषयमा टुंगो लगाउन पार्टी अध्यक्षले जिम्मा दिएको छ । २ सय २५ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय केन्द्रीय कार्यालय र केन्द्रीय कमिटीको एकतिहाइ सचिवालयको संख्या टुंगो लागेको छ । केन्द्रीय कार्यालयमा अध्यक्ष र महासचिव मात्र रहनेछन् । नाम प्रेस संगठन नेपाल रहने भएको छ ।
किसान : विधानमाथि छलफल हुँदै
कार्यदल : वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ
तयारी : किसान जनवर्गीय संगठनको विधान र नियमावलीको काम अन्तिम चरणमा पुगेको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । विधान र नियमावली तयार भएलगत्तै एकता प्रक्रियामा जाने उनले बताए । संगठनको नाम अखिल नेपाल किसान महसंघ राख्ने तयारी छ । नेतृत्व र सांगठनिक रूपमा कति सदस्यसम्म बनाउने भन्ने विषयमा छलफल हुन बाँकी छ ।
महिला : विधान अन्तिम चरणमा
कार्यदल : राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर
तयारी : दुई महिला संगठनबीच साउनभित्रै एकता गर्ने गरी गृहकार्य भइरहेको छ । विधान र नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष अमृता थापामगरले बताइन् । कार्यदलले बनाएका ४ उपसमितिले प्रतिवेदन बुझाएलगत्तै विधान र नियमावली तयार गरिने उनले बताइन् । अनेमसंघकी अध्यक्ष गोमा देवकोटाका अनुसार संख्या, नाम र झन्डाको विषय नटुंगिए पनि पार्टी निर्देशनअनुसार नै साउनभित्रै एकता हुनेछ ।
युवा : विधान बनाउँदै
कार्यदल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा
तयारी : युवा संगठनको विधान छलफलकै चरणमा भएकाले केही दिनभित्र तयार गरिने योङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । संगठनको नेतृत्व केन्द्रीय कमिटी कति संख्या हुने र झन्डाको विषय पनि छलफलमै छ ।
विद्यार्थी : विधान टुंगियो, नाम र नेतृत्व बाँकी
कार्यदल : रवीन्द्र अधिकारी, रमेश मल्ल, नवीना लामा र रञ्जित तमाङ
तयारी : विद्यार्थी कार्यदलको विधान लगभग फाइनल भइसकेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । ‘हामीले बनाएका विभिन्न ३ उपसमितिले काम लगभग अन्तिम चरणमा पु¥याएका छौँ,’ बस्नेतले भने, ‘एकपटक छलफल गरेपछि संगठनको विधान र नियमावली तयार हुन्छ ।’ संगठनको नामको विषयमा खासै विवाद नहुने देखिएको छ । संगठनको झन्डा एउटै भएकाले विवाद छैन ।
गीत–संगीत : जनसांस्कृतिक महासंघ नाममा सहमति
कार्यदल : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री
तयारी : दुवै पार्टीका भ्रातृ संगठनको नाम जनसांस्कृतिक महासंघ रहेकाले नामको विषय टुंगो लागेको छ । अहिले विधान मस्यौदा भइरहेकाले भदौ पहिलो हप्ताभित्र एकीकरण गर्ने गरी छलफल बढिरहेको कार्यदल सदस्य खगेन्द्र राईले बताए ।
अन्य जनसंगठनको यस्तो छ तयारी
दुवैतर्फका जनजाति, मधेसी, भूतपूर्व सैनिक प्रहरी, अपांगता भएका व्यक्तिहरूको संगठन, भूमिहीन सुकुमबासी, मुस्लिम, दलित, बुद्धिजीवी, पेसागत कर्मचारी, मानवअधिकार, खेलकुद, कानुन, उद्योगी व्यवसायी, प्रवासी मञ्चसँग सम्बन्धित जनसंगठनहरूले पनि एकता कार्यदलले पहिलो बैठक बसी विधान र नियमावली तयार गर्दै छन् । ती सबै कार्यदलले पनि ५ भदौभित्र एकता गर्ने गरी छलफल अघि बढाएका छन् ।