बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक (गीत हेर्नुस)

शुक्रबार, साउन २५ २०७५

काठमाडौं साउन, २५–
 पहिलो गीत निकै विवादमा तानिएको फिल्म ‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक भएको छ ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको बेडसिनले निकै विवादमा तानिएको  ‘रातको कुरा’ बोलको गीतको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । 
 सार्वजनिक ‘जुन अनि तारा’ बोलको गीतमा तीन जोडी फिचर्ड छन् । ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग गीतमा प्रेमको उछाल देखाईएको छ । 
 
सुगम पोखरेलको स्वर रहेको गीतमा दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द छ । संगीता श्रेष्ठ निर्देशित  ‘कथा काठमाण्डू’ लाई  असोज १२ गतेको प्रदशन मिति तय गरिएको छ ।  
 संगीताले नै यो फिल्मको कथा लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन तथा मित्र गुरुङको सम्पादन रहेको छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । 
 
अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । 
गीत हेर्नुसः