भक्तपुर साउन, २१–
आइतवार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ बर्षिय निशान खड्का मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले बालकलाई मृत अवस्थामा फेला पारेको हो । बालकको खोजीकार्यमा रहेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीसँगको मुठभेडमा दुईजना अपहरणकारी समेत मारिएका छन् । अपहरित बालकलाई जुन घरमा बसेको त्यही घरवेटीको अर्को छोराको बन्दै गरेको घरको डीपीसीमा गाडेको फेला पारेको प्रहरीको भनाई छ ।