बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शोकप्रस्ताव पारित गरेपछि राष्ट्रियसभा बैठक स्थगित

सोमबार, साउन २१ २०७५

काठमाडौं  साउन, २१–
राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । 

बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुुनुभएको थियो । ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक÷ प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गर्नुभएका पङ्गेनी काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत हुनुहुन्थ्यो । पङ्गेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।  राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बस्नेछ ।