बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जोशीको प्रक्रिया कांग्रेसले अल्झाइरहे महाअभियोग प्रस्ताव ल्याउने नेकपाको तयारी

शुक्रबार, साउन १८ २०७५

१८ साउन, काठमाडौं–
 सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् ।

संसदीय सुनुवाई समितिको बैठक पटक पटक सरिरहेको र समितिभित्रको दुई तिहाइ मतलाई कांग्रेसले बन्धक बनाइरहेको उनीहरुको निष्कर्ष छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

सर्वसम्मत निर्णय गर्ने भन्दै समिति बैठक तीन पटक सरिसकेको छ । समितिको प्रक्रियामा अवरोध भइरहेको भन्दे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि असन्तुष्टि जनाएका छन् ।