बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्वएआईजी भन्छन्ः निरु पाल प्रकरणमा राज्य शक्तिको दुरुपयोग

शुक्रबार, साउन १८ २०७५

१८ साउन, काठमाडौं–सांसद निरुदेवी पालमाथि पेस्तोल दाग्दै ज्यान मार्ने धम्की दिएको सुनेँ । सर्सर्ती हेर्दा घटना गम्भिर नै देखिन्छ ।

यस्ता घटना गोप्य ढंगले अनुसन्धान गरिनुपर्थ्यो । तर, केहीबेरको सेन्टिमेन्ट तान्ने हिसाबले प्रहरी अनुसन्धान प्रेरित भएको देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसो त प्रहरीले घटनाको २४ घण्टा नबित्दै ९० जना पक्राउ गरेको पनि सुनेँ । यो राज्य शक्तिको चरम दुरुपयोग हो । यस्ता अनुसन्धान आउटडेटेड भइसके । तर, नेपाल प्रहरीले अझै यो विधि अपानाइरहेको छ । यो गलत तरिका हो । यसले अपराध नियन्त्रण गर्दैन । बरु बढाउँछ । किनभने यसले निर्दोशमाथि बदलाको भाव सृजना गराइदिन्छ ।

काठमाडौं शहर प्रविधिमैत्री पनि छैन । सिसी टिभीको त कुरै छाडौं, सडक बत्तिसम्म राख्न सकिएको छैन । यसले अपराधीलाई सजिलो बनाएको छ । घटना गराएर अपराधी फरार हुन सक्छ । उनीहरुलाई ट्रेसिङ गर्ने हामीसँग कुनै संयन्त्र छैन । यसकै फाइदा लिंदै अपराध बढिरहेको छ ।