काठमाडौ साउन, १७–
नेप्सेमा गिरावट कायम नै रहेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से दुई दशमलव ५६ अंकले घटेर ११ सय ९१ दशमलव ३१ अंकमा सिमित भएको छ भने सेन्सिटिभ शुन्य दशमलव ४१ अंकले घटेर दुुई सय ५१ दशमलव १५ अंकमा सिमित भएको छ । आज एक सय ६२ कम्पनीहरुको दुुई हजार नौ सय ९२ वटा कारोबारमा छ लाख ७२ हजार तीन सय ६८ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम २० करोड ७९ लाख २१ हजार चार सय ७० रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोवार हुुदा आठ वटाले समुहको सुचक घटेर रातो भएको छ भने दुुई वटाको सुचक बढेर हरियो भएको छ । वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ७३ अंकले बढेर एक हजार १७ दशमलव ८१ अंकमा पुुगेको छ भने कारोबार रकम पाँच करोड ९४ लाख छ हजार दुुई सय रुपैयाँ पुुगेको छ । उत्पादनमुुलक समुहको सुचक पनि आज हरियो देखिएको छ । बिकास बैक समुहको सुचक आठ दशमलव २७ अंकले घटेर १४ सय १३ दशमलव ६१ अंकमा पुुगेको छ भने कारोबार रकम एक करोड ३१ लाख १५ हजार तीन सय रुपैयाँ पुुगेको छ । जलबिद्युुत समुहको सुचक पनि आज एक दशमलव ५६ अंंकले घटेर १४ सय ३० दशमलव ९३ अंकमा पुुगेको छ भने कारोबार रकम तीन करोड ८१ लाख १८ हजार चार सय रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ५७ दशमलव ३७ अंकले घटेर पाँच हजार आठ सय ५० दशमलव शुन्य पाँच अंकमा पुुगेकोे छ भने कारोबार रकम रकम एक करोड ७४ लाख ४८ हजार एक सय रुपैयाँ पुुगेको छ ।
लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक पनि घटेर आज रातै देखिएका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ सिटी एक्सप्रेस फाईनान्स १०२ ४.०८
२ प्रोग्रेसिभ फाईनान्स ११४ ३.६४
३ खानीखोला हाईड्रो पावर कम्पनी १०८ २.८६
४ ङादी ग्रुुप पावर कम्पनी १६५ २.४८
५ ग्लोवल आईएमई बैंक २९३ २.४५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ सेन्ट्रल फाईनान्स ११२ ९.६७
२ गुर्खाज फाईनान्स १०५ ३.६६
३ मिथिला लघुुबित्त बिकास बैंक ९२५ ३.१४
४ ग्रिन डेभलपमेन्ट बैंक १२८ ३.०३
५ महिला सहयात्रा बित्तीय संस्था ६५० २.९८