बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लागूऔषधसहित पाँच जना समातिए

मंगलबार, साउन १५ २०७५

 भक्तपुर साउन, १५–
भक्तपुर जिल्लामा महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–५ का २१ वर्षीया सुष्मा तिमिल्सिना, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी रहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट फेनेरगन १०० थान, नोफिन ७९० थान र डाइजोल्याब १०० थान बरामद गरेको छ