बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक भयो ‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको गीत (भिडियो)

सोमबार, साउन १४ २०७५

काठमाडौं साउन, १४–
दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ को पहिलो गीत सार्वजनिक भएको छ ।   ‘छक्का पञ्जा’लाई नेपाली फिल्म उद्योगमा सुपरहिट सिरिज को रुपमा समेत लिने गरिन्छ ।  दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द रको  ‘पहिलो नम्बरमा’ बोलको गीतमा  डेभिड शंकर र विन्दु परियारको आबाज रहेको छ । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी (भान्जा) र संजोग कोइरालाको नाँचो देख्न सकिन्छ । यसअघि निर्माण भएका यसका  सिरिजका ‘पुर्व पश्चिम रेल’,‘ुदेखन चम्पा’,‘ए दाजु’, ‘म यता किनारामा’ बोलका गीत सर्वाधिक हिटको सूचीमा पर्छन् । 
 आज सार्वजनिक गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले संयूक्त रुपमा खिचेका हुन् । 
 
राजेन्द्र थापाका  रमाइला खालका शब्द तथा   दीपक शर्माको उतकृष्ट संगीतलाई  डेभिड शंकर र विन्दु परियारले निकै मिठो तरिकाले गाएका छन् । यो गीत लोकलयमा तयार पारिएको छ ।  
 
यसअघिका सृजमा प्रियंका कार्की  दीपकराजको जोडीको रुपमा देखिन्थिन भने यो फिल्ममा अभिनेत्री दीपिका प्रसाईँ दीपकको जोडी बनेकी छिन्  । यद्यपि, ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् ।  त्यस्तै,  अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला समेतलाई गेस्ट रोलमा देख्न सकिन्छ ।  तर, सुरुदेखि यो टिमसँग काम गर्दै आएकी नायिका  बर्षा राउत  पूरै फिल्ममा नभएर आज सार्वजनिक गीतमा मात्रै अटेकी छिन् । सँधैजसो यो पटक पनि दशैमै फिल्म रिलिज गर्ने निर्माण टिमले घोषणा गरेको छ । 
गीत हेर्नुसः