बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युनाईटेड ईन्स्योरेन्स र एन आई सी एशिया बैंकबीच सम्झौता

आइतबार, साउन १३ २०७५

काठमाडौं साउन, १३–
युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र एन आई सी एशिया बैंकबीच  शुक्रबार  बंैकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एन आई सी एशिया बैंक लि. का तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । सो अवसरमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतबाट सम्झौता बमोजिम बैंकको हाल संचालनमा रहेका शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयबाट ग्रहाक महानुभावहरुले धितो तथा अन्य सम्पत्तिहरुको बीमा रक्षवरण युनाईटेड ईन्स्योरेन्स कम्पनी मार्फत गर्न सक्ने र युनाईटेड ईन्स्योरेन्स कम्पनीले ग्रहाकहरुको धितो तथा सम्पत्तिहरुको बीमालेख जारी गर्न सक्ने हुदाँ सहज र सरल प्रकृयाबाट बीमा सेवा उपलब्ध हुने विचार व्यक्त गरे । 
उक्त समारोहमा युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.का का.मु. नायव महाप्रबन्धक जीवन कुमार उप्रेती तथा  एन आई सी एशिया बैंक लि. तर्फबाट कर्पोरेट हेड सुदिप खनालको उपस्थिती रहेको थियो ।