काठमाडौं साउन, १३–
प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठकको मिति सरेको छ । आइतवार बिहान ८ बजे बोलाइएको बैठक तर, सोमबार दिउँसो २ बजेलाई सरेको हो ।
जोशीको सुनुवाई सकिएको चार दिन भइसक्यो । विगतमा सुनुवाई लगतै निर्णय सुनाउने गरिएको भएपनि यो पटक लगातार दुई वटा बैठक स्थगित हुनुले शंका पैदा भएको छ ।
कामु प्रधानन्यायाधीश समेत रहेका जोशीको सुनुवाइकै क्रममा शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठेको छ ।
स्रोतका अनुसार सत्तारुढ दल नेकपाले जोशीको नाम अनुमोदन गर्ने–नगर्ने कुनै संकेत आफ्ना सांसदहरुलाई दिएको छैन । सुनुवाई समितिमा रहेका नेकपाका एक नेताका अनुसार अनुमोदन गर्ने हो भने आफूहरु प्रमाणपत्र खोजविनतिर नलाग्ने बताए । अन्यथा आफूहरु खोजविनमा लाग्ने उनको भनाई छ ।