बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लामो समयपछि आज संसद बैठक बस्दै, कांग्रेसले संसद अवरुद्ध नगर्ने

शुक्रबार, साउन ११ २०७५

काठमाडौं साउन, ११–
लामो समय स्थगनपछि  आज प्रतिनिधिसभा बैठक बस्दैछ ।  गत असार ३ गतेलाई  सूचना टाँस गरेर स्थगित बैठक आज बस्न लागेको हो । 
त्यसअघि काङ्ग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आईरहेको थियो । 

डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसन थालेपछि काङग्रेसले सोही माग पुरा नगरुन्जेल बैठक अवरुद्ध गर्दै चल्न दिएको थिएन । डा. केसीको माग पूरा भैसकेर उनले अनसन समेत तोडिसकेकाले कांग्रेसले आजको संसद बैठक अवरुद्ध नगर्ने भएको छ । 
काङ्ग्रेस नेता डा.नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने जानकारी गराए ।