बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सकियो नेकपा संसदीय दलको बैठक, डा. केसीसँगको सहमतिबारे सांसदहरुलाई जानकारी

शुक्रबार, साउन ११ २०७५

काठमाडौं साउन, ११–
 नेपाल कम्युनिष्ट (नेकपा) को संसदीय दलको बैठक सम्पन्न भएको छ ।  शुक्रवार सम्पन्न दलको बैठकमा पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्ना संसदहरुलाई जानकारी गराएको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् । 

बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए । 

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा नेकपाका नेताहरुले गरेका छन् ।